Section 7U
नियमनकारी निकायको काम, कर्तव्य र अधिकार
(१) यस ऐनको प्रयोजनको लागि नियमनकारी निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) आवधिक रुपमा वा आवश्यकता अनुसार आफ्नो कार्यक्षेत्र तथा आफूले नियमन सुपरीवेक्षण गर्नु पर्ने सूचक संस्थाको जोखिमको पहिचान, मूल्याङ्कन तथा अनुमगमन गर्ने तथा जोखिम व्यवस्थापन गर्न पर्याप्त तथा प्रभावकारी उपाय अवलम्वन गर्ने, (ख) आफूले सुपरीवेक्षण गर्नु पर्ने सूचक संस्थालाई आवधिक रुपमा वा आवश्यकता अनुसार जोखिमको पहिचान, मूल्याङ्कन, अनुगमन तथा जोखिम व्यवस्थापन गर्न पर्याप्त तथा प्रभावकारी उपाय अवलम्बन गराउने, (ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशनको पालना गर्र्ने वा गराउने, (घ) सूचक संस्थाले गर्ने कुनै व्यवसाय वा पेशा दर्ता गर्दा वा व्यवसायको लागि अनुमतिपत्र वा इजाजतपत्र दिदा पेशा वा व्यवसाय सञ्चालन गर्ने व्यक्तिले यस ऐन बमोजिमको काम कारबाही तथा दायित्व पूरा गर्नु पर्ने शर्त तोक्ने, (ङ) सूचक संस्था दर्ता गर्दा वा व्यवसायको लागि अनुमतिपत्र वा इजाजतपत्र दिदा र त्यस्तो संस्थाको संस्थापना, स्थापना, सञ्चालन, व्यवस्थापन वा काम कारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वामित्व हुने, नियन्त्रण गर्ने वा सहभागी हुने वा सोको वास्तविक धनी वा हिताधिकारी व्यक्तिको  वित्तीय लगायत अन्य योग्यताको उपयुक्तता मापन सम्बन्धी मापदण्ड बनाई लागू गर्ने वा गराउने, (च) सूचक संस्थाको व्यवसायगत सुपरीवेक्षण (प्रुडेन्सियल सुपरभिजन) सम्बन्धी आधारभूत मान्यतामा अन्तरनिहित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको परिपालना गराउने, (छ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशन वा आदेशको व्यवस्था पालना भए नभएको सम्बन्धमा सूचक संस्थाको आवश्यकता अनुसार स्थलगत निरीक्षण (अनसाइट इन्स्पेक्सन), गैरस्थलगत सुपरीवेक्षण (अफसाइट सुपरभिजन) वा अनुगमन गर्ने, (ज) सूचक संस्थालाई परिच्छेद –३ बमोजिमको दायित्व निर्वाह गर्न उपदफा (२) बमोजिम निर्देशन जारी गरी आवश्यक थप उपाय निर्धारण गर्ने वा गर्न लगाउने, (झ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रुपमा मात्र पालना गर्ने भनी अन्तर्राष्ट्रिय रुपमा पहिचान भएको मुलुकको ग्राहक वा निजसँगको कारोबारका  सम्बन्धमा सूचक संस्थाले गरेको जोखिम मूल्याङ्कन र बृहत् ग्राहक पहिचानको विस्तृत अनुगमन गर्ने, (ञ) सूचक संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशन बमोजिमको दायित्व परिपालना गराउन सूचक संस्थामा रहेको जुनसुकै प्रकारको सूचना, जानकारी तथा कागजात उपलब्ध गराउन आदेश दिने, (ट) कसूरको अनुसन्धान सम्बन्धी कार्यमा आवश्यक सहयोग पुञ्याउने, (ठ) सम्पत्ति शुद्धीकरण, आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कुनै कसूरको शड्ढा लागेको वा शंका गर्नु पर्ने मनासिब आधार भएमा सूचक संस्थाले दफा ७ध. बमोजिम शंकास्पद कारोबार पहिचान, मूल्याङ्कन, प्रतिवेदन दिने व्यवस्था गरी सोको प्रभावकारी कार्यान्वयन गरे नगरेको विशेष मूल्याङ्कन गर्ने, (ड) शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन पेश नगरेको देखिएमा सोको जानकारी वित्तीय जानकारी इकाईलाई दिने, (ढ) सूचक संस्थालाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालीमको व्यवस्था गर्ने वा गराउने, र (ण) तोकिए बमोजिमका अन्य कार्य गर्ने । (२) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलाप निवारण गर्न र सोसँग सम्बन्धित अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम कार्य गर्न वा गराउन नियमनकारी निकायले आवश्यकता अनुसार सूचक संस्थालाई आदेश वा निर्देशन जारी गर्न वा मापदण्ड बनाई लागू गराउन सक्नेछ । (३) वित्तीय संस्थाको नियमन तथा सुपरीवेक्षण गर्ने नियमनकारी निकायले एकै समूह अन्तर्गत रही एकै वा फरक फरक प्रकृतिको व्यवसाय गर्ने सूचक संस्थाको स्वदेशी वा विदेशी नियमनकारी निकायसँग मिलेर संयुक्त रुपमा नियमन तथा सुपरीवेक्षण गर्न वा त्यस्ता सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण सम्बन्धी सूचना तथा जानकारी आदान प्रदान गर्न सक्नेछ । (४) नियमनकारी निकायले अन्य मुलुकको समान प्रकृतिको काम गर्ने निकायसँग सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा नियमन तथा सुपरीवेक्षण सम्बन्धी व्यवस्था, सूचना वा जानकारी लगायतका अन्य विषयमा आपसी सहयोग आदान प्रदान गर्न आवश्यक व्यवस्था गर्न सक्नेछ । (५) नियमनकारी निकायले सहयोग आदान प्रदान गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।